१८ औं सार्क सम्मेलन काठमाडौंमा सुरु, राष्ट्र/सरकार प्रमुखको सम्बोधन

255
  •  
  •  
  •  

काठमाडौं १० मंसिर (ओएनएस) : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं शिखरसम्मेलन औपचारिक रुपमा काठमाडौंमा सुरु भएको छ । ‘शान्ति र समृद्धिका लागि गहन एकता’ भन्ने नाराका साथ राजधानीको राष्ट्रिय सभागृहमा हुने सम्मेलनको उद्घाटन आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री सुशील कोइरालाले गरेका हुन् ।

सार्कका वर्तमान अध्यक्ष माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले १८ औँ शिखर सम्मेलन सुरु भएको घोषणा गरेपछि प्रधानमन्त्री कोइरालाले सम्मेलन उद्घाटन गरेका हुन् । त्यसपछि सम्मेलनले छलफलका कार्यसूची अनुमोदन गरेपछि सार्कको अध्यक्षताका लागि माल्दिभ्सका राष्ट्रपति गैयुमले आयोजक राष्ट्र नेपालका प्रधानमन्त्रीलाई प्रस्ताव गरेका छन् ।

त्यसपछि नेपालको प्रस्तावप्रति सार्कका सबै मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले स्वीकृति जनाए । अध्यक्ष प्रस्तावको स्वीकृतिपछि नेपालका प्रधानमन्त्रीले सार्कको अध्यक्षमा निर्वाचित भएकोमा धन्यवाद ज्ञापन गर्दै आफ्नो उद्घाटन सम्बोधन गरेका छन् । सम्मेलनमा क्रमशः पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, श्रीलङकाका राष्ट्रपति महिन्दा राजापाक्ष, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, बङगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले सम्बाेधन गरेका छन् । त्यसपछि भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले सम्बाेधन गरे ।

र्यवेक्षकमा अष्ट्रेलिया, चीन, इरान, जापान, कोरिया, म्यानमार, अमेरिका र युरोपेली संघका प्रतिनिधिले मन्तव्य राख्नुहुनेछ । भोलिसम्म चल्ने सम्मेलन राजधानीको राष्ट्रिय सभागृहमा हुँदैछ ।

 

pm koirala practices1

अध्यक्षबाट निवर्तमान हुने माल्दिभ्सका राष्ट्रपति यामिनले पुनः सम्बोधन गर्नेछन् । सम्बोधन बिहान १०ः२० देखि ११ः४० बजेसम्म रहने कार्यक्रम छ । त्यसपछि सार्कका महासचिव अर्जुनबहादुर थापा र सार्कका पर्यवेक्षक मुलुकलाई वर्णनक्रमानुसार सम्बोधनका लागि प्रधानमन्त्री कोइरालाले आमन्त्रण गर्नेछन् ।
पर्यवेक्षक मुलुक क्रमशः अष्ट्रेलिया, चीन, इरान, जापान, कोरिया, मरिसस, म्यानमार, संयुक्त राज्य अमेरिका र युरोपेली सङघका प्रतिनिधिले मन्तव्य राख्नेछन् ।
यो सम्बोधन ११ः४१ देखि १२ः२८ सम्म रहने कार्यसूची रहेको छ । पर्यवेक्षक मुलुकबाट सम्बोधनका लागि कम्तीमा राज्यमन्त्री÷उपमन्त्री सरहको प्रतिनिधि हुनुपर्ने प्रावधान छ ।

दुई दिने शिखर सम्मेलनमा भाग लिन सातै मुलुकका कार्यकारी प्रमुखहरु काठमाडौ आइसकेका छन् । आगमनलगत्तै सबैजसो राष्ट्र एवं सरकार प्रमुखहरु अनौपचारिक भेटघाटमा ब्यस्त छन् । सार्क शिखर सम्मेलनमा सहभागि हुन नौ पर्यवेक्षक मुलुकका प्रतिनिधीहरु पनि राजधानी आइसकेका छन । सम्मेलनमा भाग लिन अफगानिस्तानका राष्ट्रपति असरफ घानी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र श्रीलंकाका राष्ट्रपति महिन्दा राजापक्षे आइपुगेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले भारतीय सहयोगमा बनेको ट्रमा सेन्टर उदघाटनदेखि नेपाल भारत सरकार बीचको विभिन १० सहमति हस्ताक्षरमा उपस्थिती देखाए । भाषण पछि मन्त्री स्तरीय सम्झौतामा हस्ताक्षर भएर पहिलो दिनको कार्यक्रम सकिनेछ । यसको तयारीको लागि सहसचिव स्तर देखी सचिव स्तर हुदै मन्त्री स्तरसम्म भएका सहमतिलाई राष्ट्रप्रमुखले स्विकार गर्ने र केही सुझाव भए त्यही दिने तथा नया योजना रहे छुट्टै घोषणा गर्ने सम्मको कार्यक्रम रहन्छ ।


  •  
  •  
  •