मोदीको कार्यक्रम बनेकै छैन : भारत

130
  •  
  •  
  •  

काठमाडौं ७ मंसिर ।
भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको कार्यक्रमलाई अन्तिम रूप दिइनसकेको जानकारी दिएको छ।

भारतीय विदेश मामिला मन्त्रालयले शनिबारका लागि तय गरेको पत्रकार सम्मेलन मोदीले नेपाल भ्रमणको कार्यतालिका अझै निर्धारण नगरिसकेको भन्दै रद्द गरेको थियो। ‘जनकपुर भ्रमण रद्द गर्नेबारे निर्णय भएको छैन’, विदेशमामिला मन्त्रालय स्रोतले जानकारी दियो।

बिहीबार नेपालका यातायातमन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमण सुरक्षाको कारण रद्द भएको भन्दै विज्ञप्ति जारी गरेका थिए। परराष्ट्रमन्त्री महेन्द्रप्रसाद पाण्डेले एक कदम अघि बढेर उनको लुम्बिनी तथा मुक्तिनाथको भ्रमणसमेत रद्द भएको बताएका थिए। यसअघि सार्क सम्मेलनमा सहभागी हुन जनकपुरको बाटो हुँदै जानकी मन्दिरको दर्शनपछि काठमाडौं पुग्ने मोदीको अनौपचारिक कार्यक्रम बाहिर आएको थियो।

विदेश मामिला मन्त्रालय स्रोतले प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका अन्तिम एजेन्डा बनिनसकेको बतायो । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •