फर्किए राष्ट्र तथा सरकार प्रमुखहरु

230
  •  
  •  
  •  

काठमाडौं १२ मंसिर (ओएनएस) :
सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएका सार्क राष्ट्रका सातजना राष्ट्र तथा सरकार प्रमुखहरु स्वदेश फर्किन सुरु भएको छ । पाँचजना बिहीबार साँझ नै स्वदेश फकिएका छन्। दुईजना आज फर्किदै छन् ।  राष्ट्रिय सभागृहमा सार्कको समापन समारोहपछि राष्ट्रपति कार्यलय शितल निवासमा आयोजित रात्री भोज सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका पाँच मुलुकका प्रमुखहरु राति स्वदेश फफर्किएका हुन् । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ,श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष, अफगानिस्तानका राष्ट्रपति असरफ घानी र माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन राती साढे ९ बजेसम्म स्वदेश फर्किएका थिए ।

मोदीलाई लैजान २ वटा विशेष विमान र चारवटा हेलिकोप्टर काठमाडौं आउका थिए। त्यसैगरी पाकिस्तानका प्रधानमन्त्री सरिफलाई लिन दुईवटा विशेष विमान थिए। श्रीलंकाका राष्ट्रपति राजापाक्ष र अफगानिस्तानका राष्ट्रपति घानी पनि विशेष विमानमै स्वदेश फर्किए ।

माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन कतार एयरलाइन्‍सको नियमित उडानबाट स्वदेश फर्किए। भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे र ब‌गलादेशकी प्रधानमन्त्री शेख हसिना आजनियमित उडानबाट स्वदेश फर्किने कार्यक्रम छ।


  •  
  •  
  •  

Comments are closed.