काठमाडौं ५ चैत ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक भारत र पाकिस्तानबीचको दुईपक्षीय सम्वन्धकै कारण उनीहरु सधै चासोमा रहने गर्छन । भारत र पाकिस्तानको बार्ताले सार्कको ध्यान उनीहरु तर्फ तानिन्छ ।यसपटक पनि त्यस्तै भएको छ । विदेशी मिडियाले भारत र पाकिस्तानले के कुरा गर्छन भन्नेमा नै केन्द्रित रह्यो । भने नेपाली मिडियाको ध्यान पनि दुर्इ देश बैठकमा कसरी प्रस्तुत भए भन्ने विषयले नै तान्यो ।
मन्त्री स्तरीय बैठक लगत्तै पाकिस्तानका प्रधानमन्त्रीका विदेश मामिलासल्लाहकार सर्तत अजिजले भारतिय विदेशमन्त्री सुष्मा स्वराजमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो प्रधानमन्त्री नवाज सरिफको निमन्त्रणा पत्र हस्तान्तरण गरे । उनले सार्कको अध्यक्षबाट शिखर सम्मेलनको मिति घोषणा हुन पूर्वनै नोभेम्वरमा शिखरसम्मेलन गर्ने तिथि दिदै निमन्त्रणा गरेको हुन् । यद्यपी मन्त्री स्तरीय बैठकमा पनि तिथि तय भएको थियो ।
यस क्षेत्रको विकासमा सहकार्य गर्न आवश्यक छ, भारत त्यसको लागि सधै तयार छ, सुष्माले अजिजलाई भनिन । अजिजले पनि भारत र पाकिस्तानको दुई पक्षीय सम्वन्धको छायामा सार्कलाई पार्न नहुने भन्दै यसलाई दुईपाटोमा राख्नपर्ने बताए । सार्क राजनीतिक फोरम नभएकोले यसलाई त्यही अनुरुप लैजान पाकिस्तान तयार रहेको जानकारी उनले दिएको अधिकारीहरुले बताए ।
भेटपछि दुवैले गरेको पत्रकार सम्मेलनमा भारत पाक सम्वन्ध सुधारउन्मुख रहेको बताएका थिए । भारतीय प्रधानमन्त्रीलाई निमन्त्रणा दिइएको थियो ।
भने उक्त निमन्त्रणालाई सुष्माले स्विकार गर्दै अमेरिकामा पनि दुईपक्षीय भेटघाट हुन सक्ने बताएका थिए । पठानकोर्ट एअरबेस आक्रमण बारे छानविन गर्न पाकिस्तानका अधिकारीहर आगामी २७ मार्चमा दिल्ली आउने र संयुक्त रुपमा काम गर्ने प्रस्तावमा मा संयुक्त टिम बनाएर काम अघि बढाउने भारतको प्रस्तावमा पाकिस्तानले सहमति जनाएको छ ।
सधै भारत-पाकिस्तानको विषयले सार्क ओझेलमा परेको विषयमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले दुईपक्षीयसम्वन्धको कारण यस्तो अवस्था आएपनि त्यसलाई चिर्दै सार्क अघि बढेको बताए । सार्कको फोरमा औपचारिक रुपमा दुईपक्षीय राजनीतिक विषय छलफल नभए पनि साइडलाइनमा यस्तो छलफल हुने गरेको छ । यसपटक पनि भारत पकिस्तानमात्र होइन आएका सबै सदस्य राष्ट्रहरुले एक अर्का मुलुकका समकक्षीसंग छलफल गरेको छ ।
ठोस निर्णय भएन
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले यस क्षेत्रको विकासमा प्रत्यक्ष सरोकार राख्ने विषयमा ठोस निर्णय गर्न नसके पनि पुरानै परम्परामा आगामी शिखर सम्मेलनको तिथि तय गरेको छ । विकास परियोजना, बेरोजगारीको समस्या, एक अर्का मुलकलाई जोड्ने सडक र रेल्वे संजाल, पर्यवेक्षकको लगानी लगायतको विषयमा देखिने प्रकारको कुनै ठोस निर्णय भएन ।
सार्कको मिनि शिखरसम्मेलनले चिनिने ३७ औं मन्त्री स्तरीय बैठकले १९ औं शिखर सम्मेलन आगामी नोभेम्वर ९ र १० मा पाकिस्तानमा गर्ने तय गरेको हो । ३८ औं बैठक नोभेम्वर ८ मा गर्ने पनि निर्णय लिएको छ । पाकिस्तानले यस अघि नै शिखर सम्मेलन गर्न नोभेम्वर भित्र नै पारेर तीन फरक-फरक तिथि दिएको थियो ।
कान्तिपुरबाट