सार्क सचिवस्तरीय वैठक सुरु, सहमतिको प्रयास

202
  •  
  •  
  •  

काठमाडौं ७ मंसिर (ओएनएस) : १८ औं सार्क शिखर सम्मेलनका क्षेत्रीय मुद्दाका विषयमा छलफल गर्न सार्क सचिव स्तरीय बैठक जारी रहेको छ । बैठकले सार्कका एजेण्डा तय गर्नेछ । यसअघि हिजो काठमाडौमा बसेको सहसचिवस्तरीय सार्क कार्यक्रम समितिको बैठकले ११ वटा क्षेत्रीय केन्द्रमध्येतीन वटा केन्द्र खारेज हुने र चार वटा केन्द्र गाभिने निर्णय गरेको थियो ।

नेपाली टोलीको नेतृत्व गर्नुभएका परराष्ट्र सहसचिव यज्ञ हमालले सार्क सूचना, मानव संसाधन र सार्क अनुसन्धान केन्द्र खारेज गर्ने निर्णय भएको जानकारी दिएका हुन् । यो निर्णयसँगै त्यहाँ कार्यरत कर्मचारीहरुलाई क्षतिपूर्ति दिने विषयमा पनि समितिमा छलफल भएको छ । सार्क वन व्यवस्थापन, विपद् व्यवस्थापन, तटीय क्षेत्र व्यवस्थापन र जलवायु अनुसन्धान केन्द्रलाई आपसमा गाभेर एउटै सार्क वातावरण तथा विपद् व्यवस्थापन केन्द्र बनाउन सहमति पनि भएको छ ।

यो केन्द्र स्थापना गर्न भारत, बंगलादेश, भुटान, माल्दिभ्स र पाकिस्तानले चाहना व्यक्त गरिसकेका छन् । केन्द्रका लागि स्थानको टुंगो लगाउने विषयमा कार्यक्रम समितिको आगामी बैठकमा छलफल हुने भएको छ ।
४१ औ सचिव स्तरिय बैठकमा सार्कको तयारी र क्षेत्रिय मुद्धाका विषयमा छलफल हुने भएको छ ।सार्कको अन्तर्गत कार्यक्रम समितिको हिजोको बैठकले सार्कका ११ क्षेत्रीय केन्द्रमध्ये तीन खारेज गर्न र चारलाई एकापसमा गाभ्न सिफारिस गर्ने निर्णय गरेको थियो । सार्क शिखर सम्मेलनको औपचारिक उद्घाटन भने आउँदो १० गते हुनेछ ।


  •  
  •  
  •  

Comments are closed.