सार्कका लागि ३२ गाडी काठमाडौं आइपुग्दै

395
  •  
  •  
  •  

काठमाडौं २ मंसिर (ओएनएस) : आगामी साताबाट सुरु हुने सार्क शिखर सम्मेलनमा प्रयोग गरिने गाडी आज काठमाडौं आइपुग्दै छन् । सार्क मुलुकबाट आएका परराष्ट्र मन्त्रीसहित विशिष्ट पधाधिकारीका लागि प्रयोग गरिने ३२ वटा गाडी दिल्लीबाट कानपुर–गोरखपुर हुँदै काठमाडौं आइपुग्न लागेका हुन् ।

आइतबार बिहान दिल्लीबाट छुटेका गाडी गोरखपुर हुँदै आज अपरान्ह काठमाडौं आइपसग्ने जनाइएको छ । मर्सिडिज बेन्ज तथा बीएमडब्लु गाडीहरु सात दिनसम्म अतिथी प्रयोजनमा प्रयोग गरेपछि दिल्ली फर्काइनेछ ।

सार्क सम्मेलन प्रयोजनमा ३२ वटा मर्सिडिज÷बीएमडब्लु भाडाशर्तमा र ६ वटा बुलेट–प्रुफ बिशेष गाडी पैंचोस्वरुप काठमाडौं ल्याउन लागिएको हो । यीमध्ये बुलेट–प्रुफ गाडी एयर–कार्गोबाट काठमाडौं ल्याइसकेको छ ।

भारतीय विदेश मन्त्रालयको समन्वयमा निजी क्षेत्रबाट लगिन लागेका ३२ गाडीको ११ दिनको प्रयोगबापत १ करोड ३५ लाख भारु ‘भाडाखर्च’ लाग्नेछ । यसबाहेक, नेपाली भूमीमा नेपाली चालकले यी गाडी कुदाउने प्रबन्धमा बिमा÷सुरक्षाबापत थप खर्च लाग्न सक्ने देखिएको छ ।


  •  
  •  
  •