सार्क सम्मेलनको तयारीमा अनियमितताको खेल

52
  •  
  •  
  •  

काठमाडौं, १२ भदौं :  आसन्न दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनको तयारी अहिले तिव्रता पाएको छ । सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको प्रत्येक्ष सहभागितामा भैरहेको यस कार्यमा तयारीकै क्रममा ब्यापाक ‘अनियमितता’ हुन थाले चर्चा चलेको छ ।

सहरी विकास मन्त्रालय स्रोतका अनुसार वैठकहलको तयारीदेखि आन्तरिक एवं वाह्य सबैठाउँको सजावटमा अहिले कमसल खालका सामाग्रि प्रयोगमा ल्याउनेगरी काम भैरहेको स्रोतले बतायो । तयारी सम्वन्धी कार्यका लागि सहरी वकास विभागले यसअघि नै टेण्डर आव्हन गरेको थियो । विभिन्न छ÷सात वटा कम्पनिले टेण्डर दर्ता गराएको भए पनि गुणस्तरमा ध्यानै नदिई अत्यन्तै कम मुल्यको टेण्डर हाल्नेलाई तयारी सम्वन्धी सम्पूर्ण कार्य सुम्पने गृहकार्य भैरहेको स्रोतले वतायो । स्रोतका अुनसार सम्मेलनका क्रममा प्रयोगहुने, कुर्सि, टेवल, फर्निचर, विजुली, खानेपानी लगायत अन्य सजावटका कार्यहरू यसरी दिन लागिएको हो ।

सहरी विकास विभागका महानिर्देशक सम्भु केसीसँग यस विषयमा जिज्ञासा राख्दा आफनो कार्यव्यस्तता देखाउँदै पन्छिए । हाल यो कार्य उक्त विभागले नै गर्दै आएको छ । सार्क सम्मेलनका क्रममा वैठक कक्ष वाहेक त्यस वरपवरका विभिन्न स्थानका वाह्य सजावटको तयारी पनि भैरहेको छ ।

सजावटकै क्रममा काठमाडौंको रानीपोखरी र पोखराको फेवातालमा म्युजिकल फाउण्डेशन जडान गर्ने तयारी भैरहेको छ । रानीपोखरिमा उक्त कार्य गर्ने जिम्मेवारी काठमाडौं महानगरपालिकाले पाएको र उसले पनि सहरी विकास विभागले जसरी नै गुणस्तरमा ध्यान नदिई चलखेलमा लागेको स्रोतले वतायो ।

सार्क शिखर सम्मेलन जस्तो महत्वपुर्ण सम्मेलनकाक्रममा प्रयोगहुने सामाग्री र सजावटका सामाग्री गुणस्तरहिन भएमा त्यसको तत्काल नकारत्मक पर्ने विज्ञहरूको भनाई छ । गुणस्तरीय कम्पनिको छनौटगरी कार्य गर्नुपर्ने उनीहरूको भनाई छ ।


  •  
  •  
  •