वाम गठबन्धनकाे सरकार सर्वसत्तावादतर्फ बढ्दै गएकाे : कांग्रेस वरिष्ठ नेता पौडेल

220
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन (ओएनएस) : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनकाे सरकार सर्वसत्तावादतर्फ बढेको आरोप लगाएका छन्।

नेपाली कांग्रेसबाट संघीय संसद र प्रदेशसभाका सदस्यमा निर्वाचित भएर प्रतिनिधित्व गर्ने सांसदहरूका लागि पार्टी केन्द्रीय कार्यालय सानेपालमा आयोजित एकदिने अभिमूखिकरण कार्यक्रमलाई संवोधन गर्दै नेता पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको आलोचना गरेका हुन्।

बाहिर सुनिएकाे प्रधानन्यायाधीशकाे विदामा बसाउन सत्तारुढ दलले अाग्रह गरेकाे कुरालाई जाेड्दै नेता पौडेलले भने,’वर्तमान सरकार लोकतान्त्रिक संसदीय प्रणालीलाई र संवैधानिक अंगलाई असफल बनाउन लागिपरेको आरोप लगाएका छन्।’

उनले सरकार नै राज्यका संवैधानिक निकायलाई कमजोर बनाउन लागिपरेको बताए। उनले भने, ‘शक्ति पृथकीकरण र संवैधानिक अंगको भूमिकालाई निस्तेज पार्न सर्वसत्तावाद लगाउन खोजिँदै छ।’

नेता पौडेलले राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित विद्यादेवी भण्डारीको भूमिकालाई लिएर पनि आलोचना गरेका थिए। उनले राष्ट्रपति भण्डारी पनि सर्वसत्तावादमा लागेको आरोप लगाए।

उनले भने, ‘मन्त्रिपरिषद् देउवा नेतृत्वको सरकारले तीनजनालाई राष्ट्रियसभामा मनोनयन गर्न गरेको सिफारिसलाई कसरी मिल्काइदिइन्, यसैबाट प्रष्ट हुन्छ सर्वसत्तावाद।’ पौडेलले यसै विषयलाई लिइर प्रधामन्त्री ओलीको आलोचना गरेका हुन्।


  •  
  •  
  •