प्रधानन्यायाधीशको कुर्सीमा बसेर कसले ताेक्ला पेशी, पराजुली कि जोशी ?

244
  •  
  •  
  •  

काठमाडाैँ, १ चैत (ओएनएस) : न्यायपरिषद सचिवालयले प्रधानन्यायाधीश गाेपाल पराजुलीलाई पदमुक्तकाे पत्र थमाएपछि अाज बिहीबारदेखि प्रधानन्यायाधीशको कुर्सीमा काे बसेर अदालतकाे दैनिक कार्यसम्पादनलाई अगाडी बढाउँछ।पराजुली की सर्वाेच्चका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले भन्ने विवाद देखिएको छ ।

न्यायपरिषदले प्रधानन्यायाधीश पराजुलीलाई उमेर हदका कारण अवकाश पाएको पत्र बुधबार थमाएपछि सर्वाेच्चको नेतृत्व कसले गर्लान भन्ने अन्यौलता न्यायाधीशहरुमा छाएको छ ।

न्यायापरिषदका सचिव नृपध्वज निरौलाले काटेको पत्रमाथि नै वैधानिकताको प्रश्न एकतिर उठेको छ भने अर्काेतिर प्रधानन्यायाधीशको कुर्सीमा को बस्ने भन्ने अन्यौलता देखिएको छ ।

न्यायापरिषदका सचिवलाई प्रधानन्यायाधीशको पदमुक्त गर्ने अधिकार नरहेको भन्दै पराजुलीले आफू नियमित काममा फर्कने बताएका छन्। अवैधानिक तरिकाले पठाइएको पत्रको कुनै अाैचित्य नरहने भएकाले आफू सदाझैँ अदालत जाने र इजलास र पेसी तोक्ने उनको भनाई छ।

उता प्रधानन्याधीश बन्ने राेलक्रममा रहेका सर्वाेच्चका वरिष्ठत न्यायाधीश दीपकराज जोशीले आफू स्वतः कायममुकायम प्रधानन्याधीश भइसकेको दावी गरेका छन् ।

न्यायापरिषदले उमेर हदका कारण सेवा अवधि सकिएको पत्र थमाएपछि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको उनको दाबी छ।


  •  
  •  
  •