काठमाडौं, १४ जेठ (ओएनएस) : सरकारले बालकृष्ण ढुंगेललाई आम माफी दिने तयारी गरे नग0कारलाई निर्देशन दिएको थियाे । जन्मकैद तोकका ढुँगेलको चालचलन असल रहेको भन्दै थुनामुतो शुक्रबार सरकारलाई निर्देशन दिएको थियाे । जन्मकैद तोकका ढुँगेलको चालचलन असल रहेको भन्दै थुनामुक्त गराउने तयारी गरे नगरेकोबारे सर्वोच्च अदालतले सरकारलार्इ स्पष्टिकरण साेधेकाे थियाे।
सरकारले हिजै जवाफ पेश गर्ने तयारी गरे पनि पालो नआएकाले साेमबार जवाफ पेश गर्न लागेको हो ।आज दुवै पक्षको सुनुवाई गराउने तयारी रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
कारागार विभागले गणतन्त्र दिवसका दिन कैद मिनाहा गर्ने कैदीको नामको सूचिमा ढुंगेलको नाम पनि सिफारिस गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको हो ।
दुवै पक्षको बहस सुनेपछि आजै सर्वोच्चले यसबारेमा निर्णय सुनाउनेछ । सर्वोच्चले आज निर्णय नगरे सरकारले भोली गणतन्त्र दिवसका दिन ढुंगेललाई माफी दिन अवरोध हुने छैन।
कारागार व्यवस्थापन विभागले आममाफी पाउने कैदीको सूची राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ । जसमा बालकृष्ण ढुंगेलको समेत नाम रहेको कारागार व्यवस्थापन विभागका एक प्रहरी अधिकृतले नाम खुलाउने सर्तमा बताए।