सर्वोच्चले भन्यो, ‘सुमार्गीको रकमको स्रोत खोज्नुस्’

165
  •  
  •  
  •  

काठमाडौं, १४ जेठ(ओएनएस) : सर्वाेच्च अदालतले व्यवसायी अजय सुमार्गीले दायर गरेको रिट निवेदन खारेज गरेको छ ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरा र न्यायाधीश वमकुमार श्रेष्ठको संयुक्त इजलासले मंगलबार सुमार्गीले विदेशबाट ल्याएको रकम तत्काल फुकुवा नगरी रकमको स्रोत खोज्न राष्ट्र बैंकलाई आदेश दिएको हो ।

सर्वोच्चले सुमार्गीको नाममा सुमार्गीकै विदेशमा रहेको खाताबाट रकम आएको राष्ट्र बैंकको पत्रबाट देखिँदा त्यस्तो रकमको वैधताका विषयमा समेत जाँचबुझ गरी ६ महीनाभित्र यकिन निर्णय लिन आदेश दिएको छ ।

आदेशमा सो विषयमा कारवाहीको अन्तिम टुंगो नलागेसम्म प्रत्येक महीना प्रगति विवरण सर्वोच्च अदालतअन्तर्गत फैसला कार्यान्वयन निर्देशानालयमा पठाउन भनिएको छ ।

राष्ट्र बैंकले सुमार्गीले नेपाल इनभेसमेन्ट बैंकमार्फत विदेशबाट ल्याएको रकम अवैधानिक भन्दै झिक्न रोक लगाएपछि सर्वोच्चले उनले दायर गरेको निवेदन खारेज गरेको हो । राष्ट्र बैंकले रकम झिक्न रोक लगाएपछि सुमार्गीले गएको सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

तत्कालीन न्यायाधीश दीपकराज जोशीले रकम झिक्क दिएको आदेशलाई हालका प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाको इजलासले उल्ट्याउँदै रकम फिर्ता गर्न आदेश दिएको छ । मुक्तिश्री सिमेन्ट उद्योग स्थापना गर्न सुमार्गीले विदेशबाट ७५ लाख अमेरिकी डलर ल्याएका थिए ।


  •  
  •  
  •