८० जना न्यायाधीशविरुद्ध परेको रिट खारेज

313
  •  
  •  
  •  

काठमाडौं, २९ चैत(ओएनएस) : सर्वोच्च अदालतले दुई वर्षअघि नियुक्त ८० जना न्यायाधीशमाथि प्रश्न उठाई दायर भएको रिट खारेज गरिदिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजालसले नियुक्ति कानुनसम्मत नै देखिएको ठहर गर्दै रिट खारेज गरेको हो ।

रिट खारेज भएसँगै उच्च अदालतका लागि नियुक्त भएका न्यायाधीशले अब यथावत रुपमा काम गर्न पाउने छन् ।

२०७३ पुसमा न्याय परिषद्ले ८० जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको थियो ।

नियुक्तिप्रति असन्तुष्ट नायव महान्यायाधीवक्ता दुर्गाबन्धु पोखरेलसहित ४ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।


  •  
  •  
  •