सर्वाेच्चमा सिफारिस पाँच न्यायाधीशविरुद्व उजुरी आह्वान

358
  •  
  •  
  •  

काठमाडौं, २१ चैत(ओएनएस) : सर्वाेच्च अदालतमा नियुक्तिका लागि सिफारिस पाँच न्यायाधीशविरुद्व उजुरी आह्वान गरिने भएको छ ।

संघीय संसद सुनुवाई समितिको बिहीबार सिंहदरवारमा बसेको बैठकले न्यायपरिषद्ले सिफारिस गरेका पाँचैजना न्यायाधीशविरुद्व उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
सुनुवाई समितिको निर्णयअनुसार शुक्रबार पाँचैजना न्यायाधीशविरुद्व उजुरी आह्वान सम्बन्धी सूचना जारी गरिनेछ ।

सूचना प्रकाशित भएपछि १० दिनभित्र कार्यालय समयभित्र सर्वाेच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका न्यायाधीशहरुविरुद्व कुनै उजुरी भए जो कोही नेपाली नागरिकले समितिको सचिवालयमा दर्ता गर्न सक्नेछन् ।

न्यायपरिषद्को यही चैत १८ गतेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको थियो ।
सर्वोच्चको न्यायाधीश पदका लागि सिफारिस हुनेमा पूर्वमहान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मलता माथेमा र मनोजकुमार शर्मा रहेका छन् ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधिशहरु राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।


  •  
  •  
  •