सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र स्थापना

69
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : सर्वोच्च अदालतमा पहिलो पटक शिशु स्याहार केन्द्र स्थापना गरिएको छ ।

केन्द्रको सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आइतबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
सर्वोच्च अदालतका महिला कर्मचारीलाई कार्यालयको कार्य सम्पादनमा सहजता ल्याउन तथा शिशुको अधिकार हनन् हुन नदिने उद्देश्यका साथ शिशु स्याहार केन्द्र स्थापना गरिएको सर्वोच्च अदालतकी शाखा अधिकृत अञ्जना सिम्खडा पुडासैनीले जानकारी दिइन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहयोगमा केन्द्रको स्थापना गरिएको हो ।
शिशु स्याहार केन्द्रमा सर्वोच्च अदालतका कर्मचारीका शिशुको स्याहार तथा हेरचाह गर्ने व्यवस्था गरिएको छ ।

कार्यालयका काम गर्ने उचित वातावरण निर्माण गर्न पनि कर्मचारीहरुको शिशुहरुको स्याहारका लागि सो केन्द्रको स्थापना गरिएको सर्वोच्च अदालतले जनाएको छ ।


  •  
  •  
  •