सर्वोच्चका न्यायाधिशसहित केहि कर्मचारीमा कोरोना संक्रमण, एकल इजलास मात्र सञ्चालन

133
  •  
  •  
  •  

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश लगायत केहि अधिकृत र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अदालतका न्यायाधीश, अधिकृत र कर्मचारीमा कोरोना देखिएपछि अदालतको काम समेत प्रभावित भएको छ ।

सर्वोच्च अदालतले आइतबार विज्ञप्ति प्रकाशित गर्दै संक्रमित सबै आइसोलेसनमा रहेको जनाएको छ । उनीरूको सम्पर्कमा पुगेका अन्य न्यायाधीश र कर्मचारी होम क्वारेन्टिनमा रहेको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालतले संक्रमित न्यायाधीश र कर्मचारीहरूको विवरण भने सार्वजनिक गरेको छैन । न्यायाधीस र कर्मचारीमा संक्रमण पुष्टि भएपछि सर्वोच्चले एउटा इजलास बाहेक आइतबार तोकिएका सबै इजलास बन्द गरेको छ ।

संक्रमित न्यायाधीशले प्रधानन्यायाधीशलाई आफू संक्रमित भएको जानकारी गराएपछि आजका लागि न्यायाधीश मनोजकुमार शर्माको एउटा मात्रै इजलास तोकिएको हो ।


  •  
  •  
  •