आरतीका श्रीमानलाई थुनामा राख्न सर्वोच्चको आदेश

153
  •  
  •  
  •  

काठमाडौं । सर्वोच्च अदालतले धनुषाकी आरती साहको मृत्यु प्रकरणमा उनका श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन बुधबार आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले साहलाई थुनामा पठाउने आदेश दिएको हो। आरती गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन्।

उनका श्रीमान साहविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले गत १ असारमा जिल्ला अदालत धनुषामा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो।

जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै छाडेको थियो।


  •  
  •  
  •