सर्वदलीय बैठक विना निष्कर्ष टुंगियो

संसद बैठक २० गते सम्मका लागि स्थगित
1246
  •  
  •  
  •  

काठमाडौं । सभामुख कृष्णबहादुर महराले बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ ।  अवरुद्ध संसद खुलाउन बिहीबार महाराले बोलाएको सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा संसद बैठक साउन २० गते सम्मका लागि स्थगित गरिएको छ ।

संघीय संसदका महासचिव मनोहर भट्टराइले सुचना टाँस गरेर साउन २० गते सम्मका लागि बैठक स्थगित गरेका हुन् ।
बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङ तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, नेता मीनेन्द्र रिजाल, राजपाका तर्फबाट राजकिशोर यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतको उपस्थिति थियो ।

नेत्रविक्रम चन्द्र विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दे नेपाली कांग्रेस र राजपाले असार २४ गतेदेखि संसद अवरुद्ध गर्दै आएका छन् ।


  •  
  •  
  •