सभामुख महराले बोलाए सर्वदलिय बैठक

754
  •  
  •  
  •  

काठमाडौं । सभामुख कृष्णबहादुर महराले आज सर्वदलीय बैठक बोलाएका छन् । नेपाली कांग्रेस र राजपाबाट भएको संसदको अवरोध फुकाउन महराले बैठक बोलाएका हुन् ।

संसद बैठक अघि बानेश्वरमा सभामुखले संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाएका हुन । गत असार २४ गतेदेखि प्रतिनिधिसभामा निरन्तर अवरोध हुँदै आएको छ । बुधवार पनि चौथोपटक संसद बैठक अबरुद्ध भएको थियो ।

सर्लाहीमा प्रहरीको गोली लागेर चन्द समूहको नेकपाका नेता कुमार पौडेल र सर्वसाधारण सरोजनारायण सिंहको मृत्यु भएको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षीले माग राख्दै संसद अवरुद्ध गर्दै आएका छन् ।

सभामुख महराले नयाँ समिति गठनमा दलीय सहमति नभए सदनकै उक्त विषयको क्षेत्राधिकार रहेको समितिलाई विशेष निर्देशनसहित घटना अनुसन्धानको जिम्मेवारी दिने प्रस्ताव सहित सर्वदलीय बैठक बोलाएका हुन् ।

दलीय सहमति भएमा छुट्टै समिति गठनको प्रक्रिया अगाडि बढाउन समेत सभामुख सक्रिय देखिएका छन् ।


  •  
  •  
  •