सार्वजनिक यातायातमा बढाइएको भाडा तत्कालका लागि फिर्ता

291
  •  
  •  
  •  

काठमाडौं । सरकारले सार्वजनिक यातायातमा बढाएको भाडा तत्कालका लागि फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वृद्धि गरी देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरेको थियो।

तर, बिहीबारै साँझ सूचना प्रकाशित गरी बढेको भाडादर तत्काल कार्यान्वयन नगर्ने जनाएको हो ।

विभागले प्रकाशित गरेको सूचनामा असार १ गतेदेखि लागु हुनेगरी उपत्यकाको शहरी क्षेत्रमा मालबहाक सवारी साधनलाई रोक्ने, रात्रीकालिन यातायात सञ्चालन र भाडावृद्धि तत्कालका लागि स्थगित गरिएको जनाइएको छ।


  •  
  •  
  •