कांग्रेस वार्तामा नआए आन्दोलन: भण्डारी

371
  •  
  •  
  •  

sharat_singh_bhandariमहोत्तरी, ३ मंसिर(ओएनएस) : राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले मधेस आन्दोलनले संवैधानिक निकास पाउनुपर्ने बताएका छन् ।

गृहजिल्ला महोत्तरीमा आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भण्डारीले आफ्नो दलले संसद्बाट नै मधेस आन्दोलनले निकास पाउनुपर्ने बताइरहेपनि सरकार समस्या समाधानका सम्बन्धमा मौन रहेको बताएका छन् । संविधान संशोधन गर्नका लागि दुई तिहाई पुर्‍याउन नेपाली कांग्रेस वार्तामा आउनुपर्ने बताउँदै उनले कांग्रेस वार्तामा नआए आन्दोलनको विकल्प नभएको बताएका छन् ।

उनले आफूहरूले सीमांकन विषयलाई लिएर नै आन्दोलन गरिरहेकाले सरकारमा रहेका दल र कांग्रेस सीमांकनका सम्बन्धमा स्पष्ट हुनुपर्ने बताएका छन् । उनले आफूहरूले चुरेबिनाको मधेस कल्पना नै नगरेको बताएका छन् । उनले सरकार सीमांकनका सम्बन्धमा बिरालोले मुसा खेलाएझै खेलाएर आन्दोलनकारीलाई थकाउने नियतमा रहेको आरोप लगाउँदै यसबाट निकास ननिस्कने बताएका छन् ।

मुख्य दलहरु सीमांकनका कुरामा चाँडै स्पष्ट नहुने हो भने अब हुने आन्दोलनले सबै मुद्दा आरपार गर्ने अध्यक्ष भण्डारीको भनाई थियो । यद्यपि आफ्नो आन्दोलन भने शान्तिपूर्ण हुने पनि उनले स्पष्ट पारे ।


  •  
  •  
  •