आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा

515
  •  
  •  
  •  

Saraswati-vandanaकाठमाडौ, ११ माघ (ओएनएस) : विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी हिन्दू नेपालीहरुले आज श्रीपञ्चमी पर्व मनाउदै छन् ।

अक्षर आरम्भ गराउने सर्वोत्तम दिनको रूपमा लिइने आजको दिनबाट बालबालिकालाई अक्षर चिनाउने र लेखाउने कार्य गरिन्छ । आजको दिनमा मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पूजा आराधना गर्नाले विद्या प्राप्ति हुने धार्मिक विश्वास छ ।

विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ-आफ्ना कलासाधनाका उपादानहरू कापी, कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्दछन् । सूर्य उत्तरतिर लागि दिन लामा हुने र बसन्त ऋतु सुरू हुने भएकाले यस दिनलाई बसन्तपञ्चमी पनि भन्ने गरिन्छ ।

आजबाट शीशीर ऋतुको समाप्ति र बसन्त ऋृतुको सुरूवात हुने गर्दछ । हिन्दुधर्मालम्वीका साथै बौद्ध धर्मालम्बीहरूले पनि विद्याकी प्रतिक मञ्जुश्रीको पूजाआराधना गर्ने चलन छ । आजै काठमाडौको बसन्तपुरमा रहेका हनुमानढोकामा श्रीपञ्चमीको अवसर पारेर विधीपूर्वक कथावाचन गरि बसन्त श्रवण गर्ने प्रचलन रहेको छ । यस्तै, राजधानीको स्वयम्भुमा रहेको सरस्वती मन्दिर सहित देशभरका सरस्वतीका मन्दिरमा पूजाका लागि बिहानैदेखि सर्वसाधरण र विद्यार्थीको भीड लागेको छ ।


  •  
  •  
  •