बेश्यावृतिमा लगाउने मुम्बईकी कोठी संचालिका १७ बर्षपछि पक्राउ

246
  •  
  •  
  •  

lamaकाठमाडौं, १८ चैत (ओएनएस) :  युवतीलाई खरिद गरी जबरजस्ती बेश्यावृतिमा लगाउने मुम्बईकी कोठी संचालिका १७ बर्षपछि पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोनु भन्ने सरस्वति लामालाई पक्राउ गरेको हो ।

जिउ मास्ने बेच्ने मुद्दामा लामालाई काठमाण्डौं जिल्ला अदालतले २०५५ मंसिरमा फैसलाले १० बर्ष कैद हुने ठहर गरेको थियो । लामालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले गत मंगलबार बौद्धबाट पक्राउगरी बुधबार काठमाण्डौं जिल्ला अदालतमा पेश गरेको छ ।

२०५३ साल भाद्र महिनामा कृष्ण परियार र रमेश राम समेतका ब्यक्तिहरुले पिडित यूवतीलाई  पिडितको नाम,थर, वतन गोप्य राखिएको० बिक्रि गर्नका लागि भारतको मुम्बई पु(याई सोनु भन्ने सरस्वति लामा घरवालीलाई बेची आएको बयान दिएका थिए ।

उनले आफ्नो कोठीमा केहि दिन धन्दामा लगाई पुनस् आफ्नी दिदी मिरा भन्ने घरवालीलाई बिक्रि गरी यातना समेत दिई वेश्यावृतिमा लगाईरहेको अवस्थामा भारतीय प्रहरीले पिडितलाई उद्दार गरी भैरहवा स्थित माईति नेपालको आवधिक गृह मार्फत माईति नेपाल गौशाला, काठमाण्डौंमा पठाएकोमा पिडित जाहेरवालाको गजाहेरीले र वारदातमा संलग्न प्रतिबादी सोनु भन्ने सरस्वति लामा उपर जिऊ मास्ने बेच्ने मुद्दामा अनुसन्धान गरीएको हो । लामालाई आजै गतेदेखि केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवलमा कैद भुक्तानको लागि राखिएको छ ।


  •  
  •  
  •