सराङ्गकोटमा यात्रुबाहक बस दुर्घटना, ६ को मृत्यु

106
  •  
  •  
  •  

पोखरा, २२ फागुन(ओएनएस) : कास्कीमा भएको एक यात्रुबाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढि मानिस घाइते भएका छन् ।

कास्कीको गुन्टेचौरबाट पोखरातर्फ आईरहेको १ ख ४८४९ नम्बरको यात्रुबाहक बस पोखरा उपमहानगरपालिकाको सराङ्गकोटको मगर गाउँमा दुर्घटना भएको हो । यात्रुबहाक बस कच्ची सडकबाट करिब २ सय मिटर तल सिमलको रूखमा अड्किएको थियो ।

kaski-acc1घाइतेहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको कास्कीका प्रहरी प्रमुख हरी बहादुर पालले जानकारी दिएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •