अमेरिकन लिग खेल्न शरद अमेरिका प्रस्थान

307
  •  
  •  
  •  

Sharad Vesawkarकाठमाडौं, २९ साउन (ओएनएस) : नेपाली क्रिकेट टीमका भरपर्दा खेलाडी शरद भेषवाकर अमेरिकन लिग खेल्न बिहीबार अमेरिकातर्फ लागेका छन् । नेपाल क्रिकेट संघले जनाएअनुसार शरदले अमेरिकाको टेक्सास लिग खेल्ने छन् ।

उनले पञ्जाब लायन्स क्लबका तर्फबाट खेल्ने जनाइएको छ । शरदसँगै अन्तर्राष्ट्रिय स्तरका खेलाडीले पनि खेल्नेछन् । पाकिस्तानी खेलाडी मोहमद सामी, साबिर खानले शरदसँगै पञ्जाब लायन्सबाट खेल्ने क्यानले जनाएको छ । शरदलाई अमेरिका जाने वातावरण पञ्जाव लायन्सबाट खेल्दै आएका राकेश कर्णले मिलाएका हुन् । पञ्जाव लायन्सका मालिक लो्वकास कालिया शरदप्रति निकै आशावादी रहेको जनाइएको छ ।


  •  
  •  
  •