नायिका साराको हातमा साढे १४ लाखको घडी, यति महँगो ड्रेस

64
  •  
  •  
  •  

काठमाडौँ, २७ माघ (एजेन्सी) :  बलिउड नायिका सारा अली खान फिल्म ‘लभ आजकल’ को प्रमोशनमा व्यस्त छिन्। यो क्रममा उनी नयाँ स्टाइलमा देखिएकी छन्।

केही दिन अघि निलो रफल ड्रेसमा देखिएकी उनी नयाँ घडीका साथ सार्वजनिक भएकी छन्। ड्रेस र घडीको मूल्य भने लाखौँ रहेको छ।

ड्रेससँगै साराले निलो हील्स पनि लगाएकी थिइन्। हातमा ब्रेसलेट घडी छ, जसको डायल पनि निलो नै छ।

डिजाइनर ड्रेसको मूल्य ४५ हजार ५ सय भारु अर्थात् करीब ७५ हजार नेपाली रुपैयाँ रहेको छ। तर, यो मूल्य उनले लगाएको घडीका अगाडि फिक्का हो।

साराको हातमा देखिएको डिजाइनर सिल्भर घडी विद ब्लू डायल ब्रान्डको हो। उनले लगाएको घडीको मूल्य करीब ९ लाख ५ हजार भारु रहेको छ। साढे १४ लाख नेपाली रुपैयाँ पर्न जान्छ।


  •  
  •  
  •