सारा भन्छिन्, ‘म करिना कपुरको फ्यान हुँ’

27
  •  
  •  
  •  

एजेन्सी : ‘केदारनाथ’ र ‘सिम्बा’ फिल्मबाट आफ्नो पहिचान शुरु गरेकी सारा अली खानको बलिउडमा पछिल्लो समय खुब चर्चा चल्न थालेको छ ।

उनको दोस्रो फिल्म ‘सिम्बा’ले दुई सय करोडमाथिको व्यापार गरेपछि बलिउडमा उनको चर्चा झनै चुलिएको हो ।

यसैबीच, साराले हालै दिएको एक अन्तवार्तामा आफू र सौतेनी आमा करिना कपुरबीचको सम्बन्धलाई लिएर केही कुरा खुलेर बोलेकी छन् ।

सारालाई सोधिएको थियो कि उनी सौतेनी आमा करिनालाई के भन्न चाहन्छिन् । त्यतिबेला उनले भनिन्, ‘म सधैँ करिना कपुरको फ्यान हुँ ।’ ‘श्रीदेवीपछि म करिना कपुरको फ्यान हुँ ।’

उनले आफू र करिनाको सम्बन्ध निकै राम्रो रहेको र आफू आफ्ना पिता सैफ अलीको जुनसुकै खुसीमा पनि खुसी हुने बताएकी छिन् ।

उनले यी सबका लागि आफ्नी आमा अमृता सिंहले नै सहयोग गरेको समेत बताइन् ।

‘आमाले नै मलाई पापाको करिनासँग दोस्रो विवाहलाई स्विकार्न सक्ने बनाएको समेत खुलासा गरेकी छन् ।

अहिले सारा नयाँ फिल्म लब आजकल २ को सुटिङमा कार्तिक आर्यनसँग व्यस्त छन् ।


  •  
  •  
  •