सप्तरी बस दुर्घटना : मृतक पाँचै जनाको सामूहिक दाहसंस्कार

657
  •  
  •  
  •  

राजविराज, ९ मंसिर(ओएनएस) । सप्तरीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।

फाइल तस्बिर

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको थियो ।

शवलाई डाक्नेश्वरी नगरपालिका–४ स्थित खडक नदी किनारमा ल्याएर सामूहिक दाहसंस्कार गरिएको स्थानीयवासी वीरेन्द्र साहले बताए ।

को १ ख २७९९ नं को बस दुर्घटनामा उक्त नगरपालिका ७० वर्षीया वेचनीदेवी यादव, ६० वर्षीया सकिलदेवी साह, ५५ वर्षीय दिनेश रजक, ५० वर्षीया बौकीदेवी रजक र ६० वर्षीया भुखनीदेवी यादवको मृत्यु भएको थियो ।

सुनसरीको वराह क्षेत्रको दर्शन पछि यात्रु लिएर आएको सो बस भारदह–राजविराज सडकअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वा्स्थित पोखरीमा शुक्रबार साँझ अनियन्त्रित भई खसेको थियो ।


  •  
  •  
  •