सप्तकोसी पानीको बहाव बढेपछि फेरी खतराको संकेत देखिएको छ। सप्तकोसीमा पानीको बहाव बढेसंगै यस क्षेत्रका वासिन्दा त्रसित भएका छन्। शनिबार बेलुकाबाट पानीको बहाव ह्वात्तै बढेपछि सप्तकोसी ब्यारेजमा खतराको संकेत स्वरु प रातो बत्ती बालिएको छ।
सप्तकोसीमा शनिबार बेलुका ५: २० बजे मापन गरिएको पानीको बहाव प्रतिसेकेण्ड एक लाख ६२ हजार ६ सय ६५ क्युसेक पुगेको छ। बुधवार, बिहीबार र शुक्रबार स्थिर रहेको सप्तकोसीमा सुनकोसीमा सेनाले ब्लाष्टिङ गरी पानी खुलाएपछी र पूर्वी पाहाडि जिल्लामा वर्षा बढेपछि कोसीमा पानीको बहाव बढेको हो। समान्यतया : सप्तकोसीमा एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको संकेत मानिन्छ।
सप्तकोसीमा पानीको बहाव बढेपनी भारत सरकारले कोसी ›यारेजका ढोका खोल्न आनेकानी गरेको छ। एक लाख ५० हजार क्युसेक पानी नाघेपछी कोसी व्यारेजका कम्तीमा ५० ढोका खोल्नु पर्ने भएपनी शनिवार २६ ढोका मात्र खोलिएका छन्। अन्य ३० ढोका बन्द गरिएपछि सप्तकोसीमा आएको पानीले निकास नपाएका कारण सुनसरीको महेन्द्रनगर, हरिपुर, प्रकासपुर, बराहक्षेत्र लगायतका कोसीप्रभावित क्षेत्रका खाली जमिन जलमग्न भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भम्रण आउनुअघि भारत सरकारले सप्तकोसी व्यारेजका ५६ वटै ढोका खुल्ला गरेको थियो। तर मोदी फ र्किए लगत्तै सप्तकोसिका व्यारेजका ३३ ढोका बन्द गरिएका थिए। शनिबार बिहान एक लाख ४० हजार क्युसेक पानी रहदा १८ ढोका खोलिएको सप्तकोसी व्यारेजमा बेलुका पख मात्र २६ ढोका खोलिएको प्रहरी चौकी कोसि व्यारेजका सई खगेश्वर खतिवडाले जानकारी दिएका छन्।
पानीको बहाव बढेसंगै २६ मात्र ढोका खोलिएपछी कोशी प्रभावित क्षेत्रका वासिन्दा झन त्रसित भएका छन्। भारतिय सरकारको नियन्त्रणमा रहेको कोसी व्यारेजमा भारतले आफु अनुकुल मात्र व्यारेजका ढोका खोल्ने गरेका कारण कोसि प्रभावित क्षेत्रका वासिन्दाले त्रासमा रात विताउनु परेको प्रकासपुरका बाबुराम कार्कीले बताए। उनले कम्तीमा कोसि ब्यारेजका ढोका ४० वटा खोल्नु पर्ने सरकारसंग माग गरेका छन्।
२०६५ साल भदौ २ गते राति सप्तकोसि नदीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा सुनसरीका श्रीपुर, हरिपुर, पश्चिम कुसाहा, लौकही लगायतका हजारौ वासिन्दालाई उठिबास बनाएको थियो। यस क्षेत्रमा कोसि कटानले गर्दा हजारौ हेक्टर खेतियोग्य जमिन अझैपनि मरु भुमि बनाएको छ। सप्तकोसिमा पानीको बहाव बढेपछी महेन्द्रनगर र प्रकासपुर गाविसमा पर्ने श्रीलङका टापुका वासिन्दालाई ठुलो समस्या परेको छ। कासी व्यारेजका प्राविधिकले भने भारत सरकारको निर्देशनमा शनिवार बेलुका कोसी ब्यारेजका २६ ढोका खोलिएको जानकारी दिएका छन्। अन्न्पूर्णपोष्टबाट