सप्तकोसी ब्यारेजमा पानीको बहाव उच्च, भारतले ढोका खोल्न मानेन

165
  •  
  •  
  •  

koshi-badi
काठमाडौं, २८ साउन : सप्तकोसी नदीमा पानीको बहाव खतराभन्दा धेरै माथि हुँदा पनि शनिबार रातिसम्म भारतले ढोका खोलेको छैन ।

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई टेलिफोन गरेर कोसी ब्यारेजका सबै ढोका खोल्न आग्रह गरेका थिए । दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख भरत रेग्मीले पनि भारतीय विदेश मन्त्रालयका अधिकारीसंग सोही आग्रह गरेका थिए ।

‘परराष्ट्रमन्त्रीज्यूले भारतीय राजदूतलाई नेपालको चासो स्पष्ट रूपमा राख्नुभएको छ, भारतले सहयोग गर्ने आश्वासन दिएको छ,’ महराका प्रेस संयोजक हरि लामिछानेले भने । भारतीय दूतावासले भारततर्फ सबै ढोका खुला भएको दाबी गरेको छ । तर, शनिबार राति अबेरसम्म पनि भारतबाट कोसी बाँधका ढोका खोलेको थिएन ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालका अनुसार कोसी ब्यारेजमा पानीको बहाव अहिलेसम्मकै उच्च छ । सप्तकोसी नदीमा शनिबार सा“झ दुई लाख ७९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको छ । अाजकाे नयाँ पत्रिकामा खबर छ ।


  •  
  •  
  •