सशस्त्रका चार पूर्व महानिरीक्षकले पाए सफाइ

278
  •  
  •  
  •  

काठमाडौं । भ्रष्टाचारको मुद्दामा मुछिएका सशस्त्र प्रहरीका चार पूर्व महानिरीक्षकहरुले सफाइ पाएका छन् । विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व महानिरीक्षकहरु बासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र कोषराज वन्तलाई विशेष अदालतले सफाइ दिएको हो ।

विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, द्वारिकमान जोशी तथा प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासले सशस्त्र प्रहरीका चार पूर्व प्रमुखलाई सफाइ दिएको हो ।

सशस्त्र प्रहरीका विभिन्न युनिटमा सामान ढुवानी गर्दा उनीहरुले नक्कली कम्पनी खडा गरी करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  २०७२ सालमा भ्रष्टाचार मुद्दा चलाएको थियो।


  •  
  •  
  •