साढे ५ बजे सपथ ग्रहणकाे कार्यक्रम, एमाले र माओवादीबाट को को लिदैँछन् मन्त्रीकाे सपथ

240
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस) : तेश्रो चरणामा आज विस्तार हुन लागेको मन्त्रिपरिषदमा नयाँ मन्त्रीहरुको सपथ साँझ साढे ५ बजेका लागि राखिएको छ। यसअघि अपरान्ह ४ बजे नयाँ मन्त्रीलाई सपथ खुवाउने कार्यक्रम थियो । प्रतिनिधि सभाका उपसभामखुको निर्वाचन लम्बिएपछि सपथकाे समय पनि सरिएकाे प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ।

त्यसैरी आजको मन्त्रिमण्डल विस्तारका क्रममा संघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयास जारी राखेकाले सपथकाे समय सारिएकाे स्रातले बताएको छ।

ओली सरकारको मन्त्री हुने सूचीमा नेकपा एमालेबाट प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, रवीन्द्र अधिकारी, रघुवीर महासेठ, शेरबहादुर तामाङ, जगत बिश्वकर्मा र गोकुल बाँस्कोटा रहेका छन्।

त्यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट बर्षामान पुन, शक्ति बस्नेत, चक्रपाणी खनाल (बलदेव), गिरिराजमणि पोखरेल र वीना मगर मन्त्री बन्ने भएका छन्।

 

 


  •  
  •  
  •