सप्तरीमा कुटिए मतदान अधिकृत, मतपेटिका पनि तोडफोड

60
  •  
  •  
  •  

सप्तरी । सप्तरीमा मतदान अधिकृत कुटिएका छन् । मतदानस्थलमा तोडफोड गरिनुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको हुन् । घट्नापछि मतदान स्थगित भएको छ ।

डाक्नेश्वरी नगरपालिकाको २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

उनका अनुसार कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ ।

२ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केही व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट सुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेका छन् । घट्नापछि मतदान स्थगित भएको छ ।

 


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here