सपना रोका मगर बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा

118
  •  
  •  
  •  

काठमाडौं । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन(बिबिस) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्।

बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । यो सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् ।

 


  •  
  •  
  •