साफ यू १५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोट

205
  •  
  •  
  •  

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले साफ यू १५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्ने भएको छ ।

दक्षिण एशियाली फुटबल महासंघ ९साफ० को कार्यक्रम अनुसार साफ यू १५ महिला च्याम्पियनसिप आगामी कात्तिक १५ देखि २६ गतेसम्म बंगलादेशमा आयोजना हुँदैछ ।

एन्फाले मंगलबार विज्ञप्ति निकालेर जारी गर्दै भदौ १ गतेदेखि खेलाडी छनोट प्रक्रिया सुरु हुने भन्दै कार्यतालिका सार्वजनिक गरेको छ ।

जसअनुसार भदौ १ गते एन्फामा आबद्ध ४८ जिल्लालाई सूचित गर्ने र भदौ २ देखि १० गतेसम्म जिल्ला स्तरिय खुल्ला छनोट गरिनेछ । जिल्लाबाट छनोटपछि भदौ १५ देखि १९ गतेसम्म सातै प्रदेशको राजधानीमा प्रदेशस्तरको छनोट कार्यक्रम हुने एन्फाले जनाएको छ ।


  •  
  •  
  •