सन्तोषी सुब्बा हत्या अभियोगमा एकजना पक्राउ

113
  •  
  •  
  •  


काठमाडौं । काठमाडौं दक्षिणकाली मन्दिर नजिकै विभत्स तरिकाले महिलाको हत्या अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौं कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको अभियोगमा सुवास तिमिल्सिना नाम गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
तिमिल्सिनालाई महानगरीय प्रहरी अपराध अनुसन्धानको टोलीले काठमाडौंको असनबाट पक्राउ गरेको हो।

सुब्बाको शव मंलगबार दक्षिणकालीको मन्दिर नजिकको सार्वजनिक शौचालयमा भेटिएको थियो।


  •  
  •  
  •