लिबियामा मारिएका लमजुङका सन्तोषको दाहसंस्कार

541
  •  
  •  
  •  

काठमाडौं । लिबियामा हवाई आक्रमणमा परी मारिएका लमजुङ बेसिशहर नगरपालिका वडा नं. ११ चिति हटियाका सन्तोष श्रेष्ठको शव नेपाल ल्याएर दाहसंस्कार गरिएको छ ।

तस्बिरः ज्ञानशाली पन्त

नेपाल सरकारको पहलमा शुक्रबार शव नेपाल ल्याएर पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको हो ।

युरोपियन मुलुक इटाली नपुग्दै लिबियामा गत असार १७ गते भएको हवाई आक्रमणमा परी सन्तोषसहित ४० जना आप्रवासी शरणार्थीको मृत्यु भएको थियो ।

श्रेष्ठको शव ल्याउन सरकारले ५ लाख ५० हजार रुपैयाँ इजिप्टको कायरोस्थित नेपाली दूतावासमा पठाएकाे थियो ।

 


  •  
  •  
  •