युवा संघका केन्द्रीय सदस्य बुढाथोकीमाथि खुकुरी प्रहार

160
  •  
  •  
  •  

santosh budathokiबाँके, १५ पुस (अाेएनएस) : नेकपा (एमाले) को भातृ संस्था युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ ।

केन्द्रीय सदस्य बुढाथोकीमाथि बिहीबार राति बाँकेको कोहलपुरमा अपरिचित समूहले खुकुरी प्रहार गरेको युवा संघले जनाएको छ ।

खुकुरी प्रहारबाट ण्गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि भारतको लखनउ लगिएको एमाले बाँकेका सचिब रत्न खत्रीले जानकारी दिए । बुढाथोकीमाथि कसले र किन आक्रमण गर्यो भन्ने खुल्न सकेको छैन ।

केही दिनअघि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्या भएको थियो ।


  •  
  •  
  •