९ मिनेटको समयमा ६ सन्तानको जन्म

265
  •  
  •  
  •  

एजेन्सी : अमेरिकास्थित टेक्सास राज्यको ह्युस्टनमा एक महिलाले एकैसाथ ६ बच्चा जन्माएकी छन् ।
अमेरिकाको द वुमन्स हस्पिटल अफ टेक्सासमा उनले ९ मिनेटको समयमा ६ बच्चा जन्माएकी हुन् ।

अस्पतालले दिएको जानकारी अनुसार थेलमा चौका नाम गरेकी महिलाले स्थानीय समय अनुसार गएको शुक्रबार स्थानीय समयअनुसार बिहान ४ बजेर ५० मिनेटदेखि ४ बजेर ५९ मिनेटको अन्तरालमा ४ छोरा र २ छोरीको जन्म दिएकी हुन् । अस्पतालले थेलमा चौका स्वस्थ रहेको पनि जनाएको छ ।

अस्पतालले दिएको बयान अनुसार नवजात शिशुहरुको तौल १ पाउण्ड १२ औंस २ पाउण्ड १४ औंससम्म रहेको छ ।


  •  
  •  
  •