कांग्रेस महामन्त्री शशांक अस्पतालबाट डिस्चार्ज

715
  •  
  •  
  •  

काठमाडौं । कोरोना संक्रमणबाट स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार आएसँगै पाँच दिनदेखि काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका डा.कोइराला शनिबार डिस्चार्ज भएका हुन्।

स्वास्थ्यमा सुधार आएपछि डाक्टरसँगको परामर्शमै डिस्चार्ज भएको र घरमै केही दिन आइसोलेसनमा बस्ने कोइरालाले जानकारी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, नेता तथा कार्यकर्ताहरु,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा.विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु । मेरो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसंगै आजै ओम अस्पतालबाट डिस्चार्ज भएको छु । चिकित्सकको सल्लाह बमोजिम अब केहि दिन होम आइसोलेशनमै रहने छु ।’

डिस्चार्जपछि महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्यका बारेमा चासो राख्ने सबैलाई धन्यवाद दिएका छन्। डिस्चार्जपछि अहिले उनी घरमै आराम गरिरहेको र उनको केही दिनमै पुनः कोरोना परीक्षण गरिने उनका सहयोगी भरत तिवारीले जानकारी दिए।

कोरोना संक्रमण रहिरहेकै बेला मंगलबार साँझ एक्कासी ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।


  •  
  •  
  •