आज वाम गठबन्धन एमाले-माओेवादी संसदीय दलको संयुक्त बैठक बस्दै

216
  •  
  •  
  •  

काठमाडौं, १९ फागुन (ओएनएस) :संसदीय दलको बैठक वामगठबन्धन एमाले र माओवादीले संयुक्त रुपमा बस्न लागेका छन्। आज बिहान ११ बजेपछि नयाँ बानेश्वरमा रहेको संसद भवनमा बैठक बस्न लागेको हो।

पार्टी एकताको घोषणा गरिसकेका एमाले र माओेवादीका तर्फबाट सांसद बनेकाहरुको संयुक्त बैठक पहिलोपटक बस्न लागेको हो ।

बैठकमा सांसदलाई प्रधाामन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा सम्बोधन गर्नेछन्।

संसदमा खेल्नुपर्ने भूमिका, त्यहाँ प्रयोग हुने शब्दावली, लगाउने पोशाक र सांसदको गरिमा लगायत विषयमा प्रशिक्षण पनि दिइने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।


  •  
  •  
  •