नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति गठन

341
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधिसभाले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति गठन गरेको छ ।

कांग्रेस र राजपाले गर्दै आएको संसद अवरुद्ध हटाउने क्रममा भएको सहमतिअनुसार यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन समिति गठन गरिएको हो ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख कृष्णबहादुर महराले समितिमा रहने सदस्यहरुको नाम प्रस्ताव गरेका थिए । प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७७ बमोजिम अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन गरिएको हो ।

सदस्यहरुः
संयोजक : सुवास नेम्बाङ (नेकपा)
सदस्यहरू
नेकपा : देव गुरूङ र विन्दा पाण्डे
कांग्रेस : पुष्पा भुसाल गौतम र मिनेन्द्र प्रसाद रिजाल
राजपा : लक्ष्मणलाल कर्ण
समाजवादी : उमाशंकर अरगरिया


  •  
  •  
  •