संसदीय समितिको बैठक स्थगित गर्न माग

90
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न माग गरेका छन् ।

फाइल तस्बिर

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा सांसद्वय डा. डिला संग्रौला र दिव्यमणि राजभण्डारीले बाढी, पहिरो र डुबान पीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने उल्लेख गर्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित गर्न माग गरेका हुन् ।

बैठकमा सांसद संग्रौलाले बाढी, पहिरो र डुबान पीडितका लागि राहत दिन निर्वाचन क्षेत्रमा जानुपर्ने भन्दै एक हप्ता बैठक स्थगित गर्न समितिका सभापति श्रेष्ठसँग माग गरिन ।

कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले जनता पीडामा भएका बेला राहत तथा उद्दारका लागि निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले संसदीय समितिको बैठक बोलाउन नहुने बताए ।  सांसद प्रेम सुवालले पनि एक हप्ता समितिको बैठक स्थगित गर्न माग गरे ।


  •  
  •  
  •