गाडी भाडा नबढाउन सरकारलाई निर्देशन

155
  •  
  •  
  •  

काठमाडौं १२ कात्तिक (ओएनएस) : संसदीय उपसमितिले गाडी भाडा नबढाउन सरकारलाई निर्देशन दिएको छ ।

उपसमितिले नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएकोले यस्तो समयमा गाडी भाडा बढाउनु अवैज्ञानिक भएको बताएको छ ।
साथै मूल्य अझै घट्ने भएकोले प्राविधिक रुपमा राम्रोसँग अध्ययन गरेर भाडादर निर्धारण गर्न निर्देशन दिएको छ ।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्र्तगतको आपूर्ति र उपभोक्ता हित सम्बन्धी उपसमितिले बुधबार भौतिक पूर्वााधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौला, यातयात व्यवस्था विभागका महानिर्देशक काशिराज दाहाल र यातयात व्यवसायीहरुसँगको छलफलपछि गाडी भाडा नबढाउन निर्देशन दिएको हो ।

उपसमितिले पछिल्लो समय  सवारी दुर्घटना निकै बढेको भन्दै दुर्घटना नियन्त्रणका लागि सवारी ऐनमा दण्ड सजायको व्यवस्था बढाउनुपर्ने तथा सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया कडा बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

साथै ऐनमा सुधारका लागि आवश्यक प्रक्रिया अघि बढाउन पनि भौतिक पूर्वााधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।


  •  
  •  
  •