आज संसदमा ५ मन्त्रीले जवाफ दिँदै

198
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकको छलफलमा सांसदले उठाएका जिज्ञासामा आजदेखि मन्त्रीले जवाफ दिँदैछन् ।

पहिलो दिन पाँच मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यसूची छ । यसअघि मन्त्रालयगत छलफलको क्रम अनुसार नै जवाफको कार्यसूची तय गरिएको छ ।

आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तर्फवाट विभागीय मन्त्रीले जवाफ दिनेछन् ।

त्यस्तै युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका तर्फबाट विभागीय मन्त्रीले पनि जवाफ दिने कार्यसूची छ । विभागीय मन्त्रीहरुले जवाफ दिने क्रम १० गतेसम्म चल्नेछ ।

मन्त्रीहरूले जवाफ दिने क्रम सकिएपछि विनियोजन विधेयक पारितको प्रक्रियामा जानेछ । विनियोजन विधेयक असार मसान्तसम्ममा पारित भइसक्नु पर्नेछ । बजेटका अन्य आश्रित विधेयक भने क्रमशः पारित हुनेछन् ।


  •  
  •  
  •