प्रतिनिधि सभा विघटन मुद्दाः सर्वोच्च बारले छान्यो एमिकस क्यूरी

126
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दामा सहयोगका लागि सर्वोच्च अदालत बार एसोसियसनले दुईजना वरिष्ठ अधिवक्तालाई एमिकस क्यूरीमा सिफारिस गरेको छ ।

सर्वोच्च बारको मंगलबार बसेको बैठकले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतको सहयोगीका रुपमा रहने एमिकस क्यूरीमा सिफारिस गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवासहितका सांसदहरुले विघटनविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्नुभएको छ । प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा जारी सुनुवाइ असार ९ गतेदेखि हुँदैछ ।


  •  
  •  
  •