प्रतिनिधिसभा विघटन: सूचना प्रकाशित राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै निवेदन

61
  •  
  •  
  •  


काठमाडौं । प्रतिनिधिसभा विघटनको सूचना प्रकाशित राजपत्रमाथि नै शंका उत्पन्न भएपछि उक्त राजपत्रको वैधानिकता जाँच गर्नका लागि सर्वोच्च अदालतमा निवेदन परेको छ ।

संसद विघटनविरुद्ध सर्वोच्चमा रिट हालेका दाहाल नेपाल समूहका नेताहरु देव गुरुङ, रामकुमारी झाँक्री, शशि श्रेष्ठ तथा कृष्णभक्त पोखरेलले सर्वोच्चको संवैधानिक इजलासमा निवेदन दिएका हुन् । प्रकाशन मिति र वेबसाइटमा राखिएको मिति अलग–अलग भएपछि आधिकारिकता जाँच्नको लागि निवेदन दिइएको नेताहरुले बताएका छन् । बिहीबार बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा राजपत्रमा सूचना प्रकाशनको विषयले प्रवेश पाएको थियो । इजलासले राजपत्र माग गरेपछि शुक्रबार इजलासमा महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्र पेस गरेका थिए । पुस ५ गतेकै मितिमा प्रकाशित भएको उक्त राजपत्र वेबसाइटमा भने शुक्रबार मात्रै राखिएको थियो ।


  •  
  •  
  •