संसद बैठकः शोक प्रस्ताव पारित

129
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकले नेपाली कांग्रेस सांसद दुर्गाप्रसाद उपाध्यायको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । बैठकले दिवंगत उपाध्यायको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

सांसद उपाध्याय विसं २०७४ को राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

क्यान्सर रोगका कारण नेता उपाध्यायको ५१ वर्षको उमेरमा शुक्रबार बिहान उपचारका क्रममा निधन भएको थियो ।
प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीेले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि शोक प्रस्तावका कारण अन्तिममा आएर स्थगित भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ३ गते ११ बजे बस्नेछ ।


  •  
  •  
  •