पुरानो संसद् भवन नयाँ बनाउन निर्देशन

44
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरस्थित पुरानो संसद् भवनलाई त्यही स्वरुपमा नयाँ बनाउन निर्देशन दिएको छ ।

समितिको मंगलबारको बैठकमा २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भवनको स्वरुप नबिग्रने गरी पुनःनिर्माण गर्न निर्देशन दिएको हो ।

सभापति कल्याणीकुमारी खड्काले साविक मौलिकता रहने गरी भवन बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शहरी विकास मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई निर्देशन दिइएको बताइन् ।

सिंहदरबारभित्रै भूकम्पले क्षति पुगेको भवन प्लास्टिक ओढाएर राख्दा पुनःनिर्माणकोका काम हुन नसकेको सन्देश गएकाले पुरानैस्वरुपमा नयाँ भवन बनाउनुपर्ने माग सांसदहरुले गरेका थिए ।

सांसद रामबहादुर विष्ट, यज्ञराज सुनुवार, रंगमती शाही लगायतले भवन धरापमा नराखी के गर्ने हो छिटो निर्णय गर्न माग गरेका थिए ।


  •  
  •  
  •