काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक आगामी पुस ११ गते बस्ने भएको छ ।
शुक्रबार उपसभामुख शिवमाया तुम्बाहाङफेले राष्ट्रपति कार्यालयको पत्र पढेर र शोक प्रस्ताव पारित गर्दै आगामी पुस ११ गते बैठक बस्ने जानकारी दिएकी हुन्।
आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले गरेकी थिइन्। तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको अभियोग लागेपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त छ।
हेर्नुहोस् भिडियो