कांग्रेस र राजपाको अवरोधपछि संसद बैठक स्थगित

331
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले अवरोधपछि संसद बैठक स्थगित भएको छ ।
बुधबारको बैठकमा सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरिरहेपछि सभामुख कृष्णबहादुर महराले बैठक बिहीबारसम्मलाई स्थगित गरेका छन् ।

सभामुखले बैठक शुरु भएको जनाउ दिनेबित्तिकै कांग्रेस र राजपाका सांसदरुले बैठक अवरुद्ध गरेका थिए । सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठन गर्नेपर्ने र संसदीय सर्वोच्चता कायम गर्नुपर्ने माग गर्दै कांग्रेस र राजपा सांसदहरुले संसद् अवरुद्ध गरेका हुन् । सभामुख महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बारम्बार बस्न अनुरोध गरेका थिए ।

तर नाराबाजी जारी राखेपछि बैठक स्थगित गरेका हुन् । उनीहरुले मानव अधिकार हनन् गर्न पाइदैन्, संसदीय सर्वोच्चता कायम गर्, लालआयोगको प्रतिवेदन सार्वजनिक गर् भन्दै नाराबाजी गरेका थिए ।

यसअघि आइतबार पनि विपक्षी सांसदहरुले करिब ४० मिनेटसम्म नाराबाजी गरेर संसद चल्न दिएका थिएनन् ।


  •  
  •  
  •